जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

‘सेक्रेड गेम्स’ फेम्ड कुब्ब्रा सैत ‘सन अफ सरदार २’मा देखिने

काठमाडौँ – ‘सेक्रेड गेम्स’ फेम्ड कुब्ब्रा सैत पनि  ‘सन अफ सरदार २’ देखिने भएकी छिन् । 

उनको भूमिकाको बारेमा अहिलेसम्म केही खुलाइएको छैन, तर फिल्ममा उनले रोचक भूमिका निर्वाह गर्ने बताइएको छ । कुब्ब्रा सैतसँग फिल्मको छायाङ्कन अर्को महिनाबाट शुरु हुँदै छ । 

सन् २०१२ मा रिलिज भएको अजय देवगन र सञ्जय दत्तको सुपरहिट कमेडी फिल्म ‘सन अफ सरदार’को यो सिक्वेलमा उनीबाहेक अजय देवगन, सञ्जय दत्त र मृणाल ठाकुरको पनि अभिनय रहने छ ।  यस पटक सोनाक्षी सिन्हाको स्थानमा मृणाल ठाकुर देखिनेछिन् ।

यसको ठुलो हिस्सा विदेशमा छायाङ्कन हुनेछ । यो चलचित्रलाई विजय अरोराले निर्देशन गर्दै छन् । अर्को वर्ष दीपावलीमा रिलिज हुन सक्ने बताइएको यो फिल्ममा चर्चित अभिनेता सनी देओल पनि फिल्ममा महत्त्वपूर्ण भूमिकामा देखिने मिडिया रिपोर्टहरूले उल्लेख गरेका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?