जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

गुरु पूृर्णिमाको अवसरमा अभिनेत्री मिथिलाद्वारा कलाकर्मीलाई पुरस्कृत गर्ने

काठमाडौँ– अभिनेत्री तथा कुशल नृत्य कलाकार मिथिला शर्माले आफ्नो नृत्य र अभिनय करियरको गुरुको नाममा पुरस्कार स्थापना गर्ने भएकी छिन् । उनले आफ्नो गुरुहरुको नाममादक्षिणास्वरुप उनीहरुको नाममा पुरस्कार स्थापना गरी कलाकर्मीलाई प्रदान गर्न लागेको हो ।

उनले भोलि आइतबमर गुरु पूर्णिमाको अवसर पारेर राजधानीमा एक कार्यक्रम आयोजना गरी आफ्ना गुरुहरुको नाममा पुरस्कार प्रदान गर्न लागेकी हुन्। नेपाल प्रज्ञा प्रष्ठिानमा आयोजना हुने कार्यक्रममा मिथीलाले आफ्ना गुरुहरु संगीत साधक स्व.गोपाल योञ्जन, फिल्म लेखक, निर्देशक तथा गीतकार स्व। चेतन कार्की तथा लोकप्रिय हास्य जोडी राजपाल थापा र ध्रुव हाडाको जोडीको नाममा पुरस्कार स्थापना गरी त्यसबाट कलाकर्मीलाई पुरस्कृत गर्नेछिन्।

समारोहमा संगीत साधक गोपाल योञ्जनको नाममा स्थापित गोपाल योञ्जन संगीत साधना पुरस्कारबाट संगीतकार शिला बहादुर मोक्तानलाई पुरस्कृत गरिनेछ। त्यसै गरी फिल्म लेखक, निर्देशक तथा गीतकार स्व। चेतन कार्कीको नाममा स्थापित चेतन कार्की गीती वाङमय पुरस्कारबाट गीतकार श्रीपुरुष ढकाललाई पुरस्कृत गरिनेछ। त्यस्तै हास्य जोडी राजपाल थापा र ध्रुव हाडाको नाममा स्थापित हाडा एण्ड पाल हास्य वाङमय पुरस्कारबाट ख्यातिप्राप्त हास्यव्यङ्ग्य जोडी मह अर्थात् मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई पुरस्कृत गरिनेछ। पुरस्कार नगद राशिसहित प्रदान गरिने कार्यक्रम रहेको छ।

सोही अवसरमा पूर्व प्रहरी कलाकारहरुको संगठन नेपाल पूर्व प्रहरी कलाकार संघको उद्घाटन पनि गरिने भएको छ। संघमा क्षेत्रबहादुर गुरुङ संस्थापक संरक्षक, मिथिला शर्मा बोहरा वरिष्ठ सल्लाहकार र रामबहादुर थापा संस्थापक अध्यक्ष रहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?