जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

चलचित्र ‘काँडेतार’को सके जोवन दिउँला माया बोलको गीत सार्वजनिक

काठमाडौं – चलचित्र ‘काँडेतार’को गीत सार्वजनिक गरिएको छ । ‘सके जोवन दिउँला माया ’ बोलको गीत निर्माण पक्षले सार्वजनिक गरेको हो ।

सत्यकला राई र विक्रम राईको स्वर, दीपक शर्माको शब्द तथा संगीत एवं उदयराज पौडेलको एरेन्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

गीतको भिडियोमा चलचित्रका कलाकारहरू गौरव पहारी, सुरबिना कार्की, रेविका गुरुङ, प्रशान्त यादवलगायत फिचर्ड रहेका छ ।

नवलकै लेखन रहेको यो चलचित्र फागुन २५ गतेदेखि देशभरका सिनेमाघरमा आउने तयारीमा छ । अहिले यो चलचित्र देशका विभिन्न सहरमा नवलले च्यारिटी शो गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?