जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

यी हुन् ‘मदन पुरस्कार–२०८०’ का लागि छनाेट भएका पाँच कृतिहरु

काठमाडाैँ- मदन पुरस्कार गुठीले ‘मदन पुरस्कार – २०८०’ का लागि पाँच कृतिहरूकाे नाम सार्वजनिक गरेकाे छ ।

गुठीले मङ्गलवार एक विज्ञप्ति जारी गर्दै छनौट भएका पाँच कृतिहरू सार्वजनिक गरेकाे हाे ।

छनाेट भएका कृतिहरुमा भक्त स्याङतानकाे ‘डम्फुको आत्मालाप,’ जीवन क्षेत्रीकाे ‘नुन-तेल,’ भावेश भुमरी र प्रणिता चामलिङकाे ‘भावलिपि,’ मोहन मैनालीकाे ‘मुकाम रणमैदान’ र रोशन थापा ‘नीरव’काे ‘सन्त्रासका साठी दिन’ रहेका छन् ।

जसमध्ये एकलाई वर्ष २०८० को मदन पुरस्कार अर्पण गरिनेछ। गुठीलाई कूल ३०४ वटा पुस्तकहरू प्राप्त भएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?