जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

सालकको खपेटा नियन्त्रण लिन खोज्दा प्रहरीमाथि आक्रमण, दुई जना पक्राउ

धनगढी – कैलालीमा सालकको खपेटा समात्ने क्रममा दुई जना प्रहरी अधिकारी घाइते भएका छन्। घाइते हुनेमा इलाका प्रहरी कार्यालय सुख्खडका कार्यालय सहयोगी इन्द्रप्रकाश चौधरी र नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगरका हवल्दार सुरज कठायत रहेका छन्।

उनीहरूमाथि बिहीबार बर्दगोरिया गाउँपालिका–६ मुढामा आक्रमण भएको इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ। सालकको खपेटा समात्दा त्यहाँ रहेका केही युवाले उनीहरूमाथि आक्रमण गरेका हुन्।

उनीहरूको अहिले स्थानीय अस्पतालमा उपचार भइरहेको छ। घाइतेमध्ये एकको अवस्था समान्य र एकको गम्भीर रहेको छ। प्रहरीले १० किलो सालकको खपेटासहित जोशीपुर गाउँपालिका–४ का ३२ वर्षीय प्रेम चौधरी र कैलाली भजनी नगरपालिका–८ का ३५ वर्षीय पर्शुराम चौधरीलाई पक्राउ गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?