जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

फिल्म हनुमान शुक्रबारबाट नेपालमा रिलिज हुने

काठमाडौं – दक्षिण भारतीय फिल्म हनुमान बक्सअफिसमा आक्रामक व्यापार गरिरहेको छ। कम बजेट अनि ठूला स्टार कास्ट नहुँदा पनि फिल्मले लगातार राम्रो कमाइ गरिरहेको छ।

मकर सक्रान्तिको अवसरमा रिलिज भएको सुपरहिरो यस फिल्मले घरेलु बक्सअफिसमा ८० करोड भारतीय रुपैयाँको व्यापार गरिसकेको छ। जसमध्ये हिन्दी भाषातर्फ २०.६ करोड, तेलुगुतर्फ ५८.५८ करोड, तमिलतर्फ ६१ लाख र कर्नाटकमा ४१ लाख र मलयालममा १० लाख कलेक्सन गरेको हो।

त्यसैगरि, विश्वभर पनि यस फिल्मको व्यापार राम्रो छ। पहिलो दिन यस फिल्मले विश्वभर २१ करोड ३५ लाख भारुको कमाएको थियो। बुधबार १५.४० करोड भारु कलेक्सन गरेसँगै फिल्मले वर्ल्डवाइड १३५ करोड ८३ लाख भारुको आकंडा पार गरेकोको छ।

फिल्मको कथावस्तु, कलाकारको अभिनयसहित भिएफएक्सको पनि चर्चा भइरहेको छ। यो फिल्म ५० करोड बजेटमा बनेको थियो। प्रशान्त बर्मा निर्देशित यस फिल्ममा तेजा सज्जा र अमृता एयरको मुख्य भूमिका रहेको छ। राम्रो समीक्षा र आक्रामक व्यापार गरेसँगै फिल्म हनुमान भोलि शुक्रबारबाट नेपालमा समेत रिलिज हुँदैछ।

वितरक मनोज राठीको ब्याकंटेश इन्टरटेनमेन्टले यस फिल्मलाई नेपाल भित्र्याएको हो। वितरकले ‘हनुमान’को एक टिकट बराबर ५ रुपैयाँ अयोध्यास्थित राम मन्दिरमा पठाउने समेत निर्णय गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?