जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

विमानस्थलबाट पक्राउ परेका हलिउड अभिनेता स्वार्जनेगर कर तिरेर मुक्त

काठमाडौं – जर्मनीको विमानस्थलबाट पक्राउ परेका हलिउड अभिनेता आर्नोल्ड स्वार्जनेगर कर तिरेर मुक्त भएका छन् । समाचार एजेन्सीका अनुसार अभिनेता स्वार्जनेगर जर्मनीको एक विमानस्थलमा तीन घण्टा नियन्त्रणमा परेका थिए ।

च्यारिटीका लागि लिलाम गर्ने विलासी घडी बोकेको खुलासा नगर्दा उनी बुधबार म्युनिख विमानस्थलमा समातिएको एजेन्सीले उल्लेख गरेको छ । स्रोतका अनुसार घडी युरोपेली संघभित्र बेचिने उदेश्य राखिएकाले उनीमाथि करछलीका विषयमा अनुसन्धान गरिएको थियो ।

ईयूको नियमअनुसार युरोप आइपुग्ने जोसुकैले नगद वा मूल्यका हिसाबले १० हजार युरोभन्दा बढीका सामान आफूसँग रहेको पूर्वघोषणा गर्नुपर्छ। तर, स्वार्जनेगरलाई त्यस्तो फाराम भर्न नदिइएको बताइएको छ। तर, पक्राउ परेपछि भने उनी कर तिरेर मुक्त भएका छन्। सो कर तिर्न पनि उनले अनेक समस्या सामना गर्नुपरेको बताइएको छ।

कार्ड स्वापमार्फत कर तिर्न खोज्दा मेसिन बिग्रेको र नजिकैको ब्यांक बन्द हुनुका साथै एटीएमबाट झिक्न मिल्ने पैसाको सीमा पनि कम रहेकाले भन्सार अधिकारीहरुले नयाँ कार्ड मेसिन ल्याउनुपरेको थियो। उनको त्यो घडी अडेमार्स पिगे ब्रान्डको भएको बताइएको छ, जसले लाखौँ डलर पर्ने घडी बनाउने गर्छ। एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?