जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

टाटा मुम्बइ म्याराथनमा भेट्रान धावक धर्म महर्जन दौड्ने

काठमाडौं – भेट्रान धावक धर्म महर्जनले टाटा मुम्बइ म्याराथनमा दौड्ने भएका छन्। जनवरी २१ तारिखमा हुने म्याराथन ‘४२.१९५ किलोमिटर’ मा सहभागी हुन धर्म शुक्रबार भारतको मुम्बइ प्रस्थान गर्दै छन्।

राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले धर्मलाई सफलताका लागि शुभकामना दिँदै बिहीबार एक कार्यक्रमबीच बिदाइ गरे। धर्मले ५० वर्षमाथिको उमेरसमूहमा प्रतिस्पर्धा गर्ने छन्।

त्रिशक्ति सिमेन्टका मार्केटिङ म्यानेजर किशन चरणले धर्मलाई तत्काल आंशिक प्रायोजन गरेको बताउदै राम्रो नतिजा हासिल गरे थप सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

धर्मले विश्वका प्रसिद्ध बोस्टन, बर्लिन, लन्डन र टोकियो म्यारथानमा सहभागिता जनाइसकेका छन् । त्यस बाहेक धर्मले विभिन्न दूरीको अन्तर्राष्ट्रिय दौडमा पनि सहभागिता जनाइसकेका छन्।

धर्म जापानको किताकामीमा सन् २०१४ मा भएको १८ औं एसियाली मास्टर्स एथलेटिक्सको १० हजार मिटर दौडका कास्य विजेता हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?