जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

टाइम म्यागेजिनको १०० अद्भूत गन्तव्य सूचीमा बर्दियाको बुरान वाइल्डरनेस क्याम्प

काठमाडौँ – बर्दियाको बुरान वाइल्डरनेस क्याम्प टाइम म्यागेजिनको १०० अद्भुत गन्तव्यको सूचीमा छनौट भएको छ। 

अमेरिकी म्यागजिन टाइमले बिहीबार  ‘वर्ल्ड्स ग्रेटेस्ट प्लेसेस २०२४’ को सूची सार्वजनिक गर्दै उत्कृष्ट सय स्थानहरूको सूचीमा नेपालको बर्दिया राष्ट्रिय निकुञ्जलाई पनि राखेको हो ।  

निकुञ्जको ‘बुरहान वाइल्डरनेस क्याम्प’ लाई टाइमले सूचीको  १६ औँ नम्बरमा राखेको छ । यसका लागि टाइमले विश्वभरि रहेका यसका संवाददाताहरू र सहयोगीहरूको मद्दत लिएको थियो।

बुरान वाइल्डरनेस क्याम्प बर्दियाको खाता वन्यजन्तु कोरिडोरको एक महत्त्वपूर्ण भागमा अवस्थित छ। जहाँ एकसिङे गैँडा, बङ्गाल टाइगर, एसियाली जंगली हात्ती, र ब्ल्याक आइबिस, रुड्डी शेल्डक, नाइटजार, फिशिङ ओल जस्ता धेरै चराहरू सहित केही प्रमुख वन्यजन्तु प्रजातिहरू पाइन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?