जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

गायिका मेनुका पौडेल सम्मानित

काठमाडौँ– चितवनमा गायिका मेनुका पौडेल सम्मानित भएकी छिन् । धर्मदर्शन फाउन्डेशनद्वारा सञ्चालित आश्रमले प्रथम वार्षिकोत्सवका अवसरमा उनलाई सम्मानित गरेको हो ।

उनलाई देवघाटधाममा रहेको धर्मदर्शन आश्रमले नगद ५१ हजार १ रुपैयाँसहित धर्मदर्शन कला–संस्कृति–२०८१ सम्मान प्रदान गरेको जनाइएको छ । फाउण्डेशनका प्रमुख पंडित कुबेर सुवेदीले भजन र संगीतको माध्यमबाट समाज रुपान्तरणमा योगदान दिएकाले गायिका पौडेललाई सम्मान गरिएको बताएका छन् ।

उनलाई नरायणी कला मन्दिरले पनि सम्मान गरेको थियो। संघका अध्यक्ष रोहितकुमार श्रेष्ठले गीत, संगीतको माध्यमबाट देशको नाम अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाएकोले गायिका पौडेललाई कलामन्दिरमै बोलाएर सम्मान गरिएको बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?