जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

हार्वर्ड विश्वविद्यालयका अनुसन्धानकर्ताले बनाए १० मिनेटमा पूर्ण चार्ज हुने ब्याट्री

काठमाडौँ— हार्वर्ड विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले ठोस अवस्थाको ब्याट्रीलाई १० मिनेट भित्रमा कसरी पूर्ण रूपमा रिचार्ज गर्न सकिन्छ भन्ने कुरा पत्ता लगाएका छन् । 

नेचर मटेरियल्सको नयाँ संस्करणमा प्रकाशित यो अनुसन्धानले सोलिड स्टेट ब्याट्री प्रविधिमा सफलता हासिल गरेको शोधकर्ताले बताएका छन् । 

लेखका प्रमुख लेखक जिन ली नयाँ डिजाइन गरिएको ब्याट्रीमा ६ हजारको अनुमानित चार्जिङ साइकल रहेको उल्लेख गरेका छन् । 

ब्याट्रीहरूमा रहेको लिथियम मेटल एनोडहरूका कारण विशेष गरेर ईभीको ड्राइभिङ दायरा धेरै हदसम्म बढाउन सकिने पनि उल्लेख गरिएको छ ।

शोधकर्ताहरूका अनुसार अनुसन्धानले औद्योगिक र व्यावसायिक प्रयोगको लागि उच्च दक्षताको साथ व्यावहारिक सोलिड—स्टेट ब्याट्रीहरूको लागि महत्त्वपूर्ण प्रभाव पार्नेछ ।

यस्तै अनुसन्धान टोलीले एनोड र क्याथोड बीचको विभिन्न सामग्रीहरू छुट्टाउने मल्टिलेयर ब्याट्री समेत डिजाइन गरेको जनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?