जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

क्षेत्रपाटीबाट हुण्डी व्यापारी अग्रवालसहित चार जना पक्राउ

काठमाडौं – हुण्डी तथा क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा व्यापारी नरेश अग्रवालसहित चार जना पक्राउ परेका छन्। क्षेत्रपाटीबाट अग्रवाल र अन्य तीन जनालाई न्युरोडलगायत क्षेत्रबाट पक्राउ गरिएको राजश्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगानाले बताए।

उनीहरूको साथबाट विभागले दुई करोड तीस लाख नेपाली रकम र दुई हजारजति डलर बरामद भएको ढुंगानाले जानकारी दिए। बिहीबार बेलुकाबाट विभागले विशेष अपरेसन चलाएर राति उनीहरूलाई पक्राउ गरेको ढुंगानाले बताए।

अग्रवाल क्षेत्रपाटीका कपडा व्यवसायी हुन्। उनको क्रिप्टोकरेन्सी, हुण्डी, सुनको शंकास्पद कारोबार रहेको बुझिएको छ।

‘अवैधानिक कारोबारबारे अहिले अनुसन्धान भइरहेको छ, हामी रकम र कारोबारको कनेक्सनबारे अनुसन्धान गरिरहेका छौं,’ ढुंगानाले भने। शंकास्पद अन्य तीन व्यक्तिको संलग्नताबारे अनुसन्धान भइरहेकाले विभागले नाम खुलाएको छैन।

विभागले बरामद रकम गणना गरिरहेको उनले बताए। ‘दुई हजारजति डलर बरामद भएको छ, अहिले गन्ती गरिरहेका छौं,’ उनले भने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?