जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

बोक्सी आरोपमा काकाको हत्या गरी फरार दुई जना पक्राउ

जोयनेपाल
0
Shares
प्रतीकात्मक तस्वीर ।

काठमाडौं – बोक्सी आरोपमा कुटपिट गरी हत्या गरेको पन्ध्र वर्ष पुरानो घटनामा दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काभ्रे रोशी गाउँपालिका-३ का ४४ वर्षीय टंकबहादुर मगर र ४२ वर्षीय सन्तबहादुर मगर रहेको प्रहरीले जनाएको छ ।

रोशी गाउँपालिका-३ का जनकबहादुर मगरलाई कुटपिट गरी हत्यापछि फरार भएका उनीहरूलाई पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

पक्राउ परेका दुबै जनकबहादुरका भतिजा नाता पर्ने व्यक्ति हुन्। २०६५ साल असोज २९ गते जनकबहादुरको हत्या भएको थियो।

हत्यापछि फरार रहेका दुबैलाई पक्राउ गरी आवश्यक कारबाहीको लागि शुक्रबार जिल्ला अदालत काठमाडौंमा बुझाइएको कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक मिलन केसीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?