जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

यो हो बियरका बोतलबाट निर्मित बौद्ध स्तुपा

थाइल्याण्डमा मानव निर्मित एउटा अचम्मको बौद्ध स्तुपा छ । सुन्दा पत्याउन मुस्किल हुन्छ । किनकी यो बौद्ध स्तुपा इट्टा, ढुंगा या सिमेन्टले बनेको छैन ।

बौद्ध स्तुपाको निर्माण बियरका खाली बोतलले गरिएको छ । स्तुपाको सबैतिरका पिलर समेत बियरका बोतलले नै बनाइएको छ ।

यस स्तुपालाई देखेर इन्जिनियर नै चकित हुने गर्छन् । यस बौद्ध स्तुपाको अवलोकन गर्न टाढा–टाढादेखि वर्षेनी लाखौंको संख्यामा मानिसहरु यहाँ आउने गर्छन् ।

थाइल्याण्डको शिशकेत प्रान्तमा रहेको यो स्तुपा बनाउनका लागि दश लाख बियरका बोतलको प्रयोग गरिएको बताइन्छ । यस बौद्ध स्तुपामा भिक्षु पनि बस्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?