जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

शिल्पीमा नाटक लेखन कार्यशाला हुने

काठमाडाैँ- बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा नाटक लेखन कार्यशाला हुने भएको छ ।

साउन ३२ गतेदेखि शुरु हुने कार्यशाला पाँच हप्ता सञ्चालन हुनेछ । नेपालबाट नाटक लेखक तथा निर्देशक घिमिरे युवराज, जर्मनीबाट लेखक तथा निर्देशक फिलिप न्यूवेइलर र अमेरिकाबाट नाटककार केट टार्करका साथ प्रत्येक शुक्रवार, शनिवार र आइतवार कार्यशाला सञ्चालन हुने शिल्पीले जनाएको छ ।

नाटक लेखनलाई अझै फराकिलो बनाउन कार्यशाला फलदायी हुने शिल्पीको अपेक्षा छ । नाटक लेखनमै रुची भएका सम्पूर्णमा शिल्पीले दर्खास्त दिन आह्वान गरेको छ ।

रङ्गमञ्चको विस्तारका लागि डेढ दशकभन्दा लामो समयदेखि शिल्पीले नाटक मञ्चनसँगै नाटक प्रशिक्षण, पुस्तक प्रकाशन र साहित्यिक गतिविधिहरुलाई समेत निरन्तरता दिँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?