जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

अभिनेत्री वर्षा शिवाकोटी फिल्म ‘झिल्को’ मा अनुबन्धित

काठमाडौं– अभिनेत्री वर्षा शिवाकोटी फिल्म ‘झिल्को’ मा अनुबन्धित भएकी छिन । ‘काजी’ मा उनी केही अगाडि अनुबन्धित भएकी थिइन् । लक्ष्मण रिलिजको निर्देशन रहने फिल्म फागुनबाट छायांकनमा जाने तयारीमा छ । त्यसअगाडि भने उनले फिल्म ‘झिल्को’ अभिनय गर्ने भएकी हुन् ।

यादव भट्टराईको निर्देशनमा फिल्म बन्न लागेको हो । यादवले यस अगाडि चर्चित फिल्म ‘झोला’ र ‘भोर’ निर्देशन गरेका थिए । सोही कारणले पनि वर्षाले यस फिल्म रोजेकी हुन् । यो फिल्मबाट उनले करियरमा राम्रो फाइदा पुग्ने आश गरेकी छन् ।

फिल्ममा नाट्यकर्मी सुनील पोखरेल र कलाकार विशाल पोखरेलको पनि मुख्य भूमिका रहनेछ । फिल्ममा उनको भूमिका के भन्ने अहिले खुलाइएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?