जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

काठमाडौँको सिनामंगलको एक गेष्ट हाउसमा पुरुष र महिला मृत फेला

काठमाडौँ – काठमाडौँको सिनामंगलस्थित एक गेष्ट हाउसमा पुरूष र महिला मृत फेला परेका छन् ।

शुक्रबार सिनामंगल स्थित झर्ना गेष्ट हाउसको कोठा नम्बर ४०२ मा एक जना पुरूष र एक जना महिला मृत फेला परेको प्रहरीले जानकारी दिएको छ ।

शुक्रबार मध्याह्न १२ बजे खाना खान सोध्न जादा ढोका नखोलेपछि अपराह्न १ बजेतिर प्रहरीलाई खबर गरिएको र घटनास्थलमा ढोका खोलेर हेर्दा महिलाको घाँटी काटिएको अवस्थामा र पुरूष झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । उक्त कोठामा एक जना पुरूष र महिला असार १५ गते मंगलबारदेखि बस्दै आएका थिए ।

मृतक पुरूष बाजुरा त्रिवेणी नगरपालिका-४ का २३ वर्षीय भरतबहादुर सार्की र १९ वर्षीया करिस्मा सार्की छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?