जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

भारतको वायनाडमा भूस्खलनमा परी मृत्यु हुनेको संख्या २१६ पुग्यो

काठमाडौँ– भारतको केरलाका मुख्यमन्त्री पिनाराई विजयनले वायनाड दुर्घटनामा मृत्यु हुनेको संख्या २१६ पुगेको बताएका छन् । यस घटनामा दुई सयभन्दा बढी मानिस अझै बेपत्ता रहेको उनले जानकारी दिएका छन् ।

वायनाडमा पीडितहरूका लागि ९३ राहत शिविरहरू पनि निर्माण गरिएका छन्, जसमा हाल १० हजारभन्दा बढी मानिसहरूले आश्रय लिएका छन्।

त्यस्तै अहिलेसम्म ६७ शवको पहिचान हुन सकेको छैन । सेनाले अहिले पनि ठूलो मात्रामा उद्धार र राहत कार्य गरिरहेको छ ।

गत बुधबार भएको बर्षा र भूस्खलनमा परेकाको उद्धार कार्य अहिले पनि जारी रहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?