जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

राजेश हमालले गरे दुई म्युजिक भिडियोमा अभिनय, शेयर गरे शूटिङ सेटका तस्वीर

काठमाडौँ– अभिनेता राजेश हमाल पछिल्लो समय फिल्ममा खासै देखिएका छैनन् । लामो समयदेखि फिल्मको पर्दामा नदेखिएका यी अभिनेताले बेलाबेलामा म्युजिक भिडियो र विज्ञापनमा भने काम गरिरहेका हुन्छन् ।

यसैबीच अभिनेता हमालले सामाजिक सञ्जाल फेसबूकमार्फत दुई गीतको भिडियो छायाङ्कनका तस्वीरहरु सार्वजनिक गरेका छन् ।

देवेन्द्र पाण्डेले निर्देशन गरेका भिडियोमा राजेश हमाललाई करिश्मा मानन्धरसँग देख्न सकिनेछ ।

हमालका फ्यानले लामो समयदेखि प्रतीक्षा गरेको भन्दै खुशी व्यक्त गरेका छन् । साथै हमालको पोस्टमा निर्देशक पाण्डेले लेखेका छन्, ‘आदरणीय महानाय दादासँग सहकार्य गर्ने अवसर मिल्यो, हजुरको महत्त्वपूर्ण समयका लागि हार्दिक आभार दादा हजुर ।’

हेर्नुहोस् तस्वीरहरुः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?