जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

प्रधानमन्त्री ओलीले गरे फिल्म ‘नमेटिने घाउ’ को डबिङ

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो अभिनय रहेको फिल्म ‘नमेटिने घाउ’ को डबिङ (स्वराङ्कन) गरेका छन् ।

शनिवार अनामनगरको एक स्टुडियोमा उनले डबिङ गरेको निर्माण टिमले जनायो । फिल्ममा उनको भूमिका प्रधानमन्त्रीकै रहेको जनाइएको छ ।

छायांकनका क्रममा नै ओलीले अभिनय गरेको भन्दै यसको प्रचार गरिएको थियो । प्रधानमन्त्री ओलीसहित फिल्ममा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र राप्रपाका सांसद ज्ञानेन्द्र शाहीको पनि अभिनय छ ।

एसिड आक्रमणमा परेका पीडितको कथा समेटिएको यो फिल्ममा मुस्कान खातुन, प्राप्ति पौडेल, इभा गिरी लगायतका कलाकारको अभिनय छ ।

यो फिल्मबाट पुराना अभिनेता रमित ढुङ्गाना पुनः नेपाली फिल्म क्षेत्रमा फर्किँदै छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?