जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

राम मन्दिर उद्घाटनमा ‘हिरा’को ज्याकेट लगाएर जाने छन् गायक कैलाश खेर

भारतकाे अयोध्यामा हुन लागेकाे श्रीराम मन्दिरको प्राण प्रतिष्ठालाई लिएर आम मानिस मात्रै नभई फिल्मस्टारहरु पनि उत्साहित छन् ।

जनवरी २२ मा हुने यस समारोहमा रणबीर कपूर,अमिताभ बच्चन,आलिया भट्ट,कंगना रनौत,अक्षयकुमार,रणदीप हुडा सहितका कलाकारलाई निमन्त्रणा आएको छ ।

यस समारोहमा प्रसिद्ध गायक कैलाश खेर पनि सहभागी हुने छन् । हालैको एक मिडियासँगको कुराकानीमा उनले सो समारोहमा हिरा जडित ज्याकेट लगाएर जाने खुलासा गरेका छन् ।

उनले भनेका छन् –‘अयोध्यामा हुन लागेको यो समारोहले उत्साहित छु,म त्यहाँ अमेरिकी हिरा जडित ज्याकेट लगाएर जाने छु । ’ 

उनले ज्याकेटमा जय श्रीराम लेखेर डिजाइन गरेको र त्यसैमा हिरा जोडेको समेत बताएका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?