जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

श्रीमान श्रीमती भिड्न थालेपछि जहाज आपतकालीन अवतरण 

काठमाडौँ – श्रीमान श्रीमतीको झगडा पर्न थालेपछि आयरल्याण्डमा जहाज नै अवतरण गर्नु परेको छ । 

डेलीस्टारको समाचार अनुसार आयरल्याण्डको डब्लिनबाट स्पेनको म्यालोर्काका लागि उडान भरेको उक्त जहाजका यात्रुका रुपमा रहेका एक दम्पतिबीच जहाज भित्रै झगडा भएको थियो । 

जुन उग्र बनेर हात हालाहालकै अवस्थामा पुगेपछि यात्रु तथा उडान सुरक्षालाई मध्यनजर गर्दै चालक दलले जहाजलाई गन्तव्यमा नलगी डाइभर्ट गरेर नान्टेस विमानस्थलमा आकस्मिक अवतरण गराएका हुन् । 

जहाजभित्र कुटपिट तथा झगडाका क्रममा पत्नीको अनुहारमा चोट लागेको थियो । 

बेलुकी करिब सबा सात बजे आयरल्याण्डको राजधानी डब्लिनबाट उडेको उडान नं इआइ७३८ को आयर लिंगसको जहाज करिब एक घण्टापछि पाइलटले आकस्मिक अवतरणको घोषणा गरेका थिए । 

पत्नीमाथि हातपात गर्ने पुरुषलाई विमान अवतरण पश्चात् पक्राउ गरिएको थियो । झगडालु दम्पतीलाई निकालेसँगै करिब २ घण्टापछि जहाज पुनः उडाइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?