जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

अब ‘एनिमल’ ओटीटीमा पनि आउने

काठमाडौँ– बलिउडको ब्लकबष्टर फिल्म ‘एनिमल’ चाडै टिभी र मोबाइलमा हेर्न सकिने भएको छ ।

फिल्मका निर्देशक सन्दीप वांगा रेड्डीका अनुसार जनवरी २६ मा फिल्म नेटफ्लिक्समा रिलिज हुन लागेको । यसका साथसाथै अब थिएटरमा यो फिल्म मिस गरेकाहरूले अब यसलाई घरमै ओटीटी प्लेटफर्म नेटफ्लिक्समा हेर्न सक्षम हुनेछन् । यस फिल्ममा रणवीर कपुरको अभिनय र उनको लुकको निकै तारिफ भएको छ । फिल्ममा रणवीरले अहिलेसम्मकै अनौठो भूमिका निभाएका छन् ।

सन् २०२३ मा रिलिज भएको यो फिल्मले बक्स अफिसमा धमाका मच्चाएको थियो । यस फिल्ममा अभिनेता बबी देओलले सानो तर जबरजस्त भूमिका निभाएका छन्, जसको मानिसहरूले निकै प्रशंसा गरेका छन् ।

यो चलचित्रमा बाबु छोराको कथा देखाइएको छ । फिल्ममा अनिल कपुर रणवीर कपुरका बुवाको भूमिकामा देखिएका छन् । यो फिल्म १ डिसेम्बरमा हलमा रिलिज भएको थियो । फिल्मले पहिलो दिन बक्स अफिसमा ठूलो कमाई गरेको थियो । पहिलो दिन एनिमलले ६१ करोड रुपैयाँ सङ्कलन गरेको छ । फिल्मको कुल कलेक्शनको कुरा गर्ने हो भने ३२ दिनमा विश्वभर ८९१ करोड कमाउन सफल भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?