जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

एआईको सहयोगमा निर्मित म्युजिक भिडिओ सार्वजनिक

काठमाडौँ– नेपाली गीतमा एआईको प्रयोग गरी पहिलो पटक म्युजिक भिडिओ सार्वजनिक गरिएको छ ।

नेपाली साङ्गीतिक समूह (ब्यान्ड) द भाइब्जले करिब चार महिना लगाएर एआईको सहयोगमा म्युजिक भिडिओ तयार पारी सार्वजनिक गरेको हो ।

अमेरिकामा आधारित यस ब्याण्डले सन् २००५ मा कम्पोज गरिएको गीत ‘थाकिसकेँ’ मा एआईको सहयोगमा म्युजिक भिडिओ बनाएको हो । ब्यान्डले यो नेपालको पहिलो एआई भिडिओ भएको समेत दाबी गर्दै आएको छ ।

सो गीतलाई गत सोमबार ब्यान्डले युट्युबमा अपलोड गरेको छ । उनका अनुसार म्युजिक भिडिओ बनाउन मिडजर्नी, रनवे एमएल, लुमा एआई, क्लिङ एआई र टोपाज् भिडिओ एआई टुल प्रयोग गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?