जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

इङ्गेजमेन्टकाे तयारीमा नागा चैतन्य र सोभिता धुलिपाला

काठमाडौँ – केही समयदेखि डेट गर्दै आएका दक्षिण भारतीय अभिनेता नागा चैतन्य र अभिनेत्री सोभिता धुलिपलाले इङ्गेजमेन्ट गर्दै छन् । 

द ग्रेट आन्ध्राका अनुसार उनीहरूले बिहीबार मगनी गर्न लागेका हुन । 

सामन्था रुथ प्रभुसँग सम्बन्ध विच्छेदपछि अभिनेता सोभितासँग सम्बन्धमा रहेको खबर सुन्नमा आइरहेको थियो । नागा चैतन्य र सोभिता धुलिपाला विगत केही वर्षदेखि एक अर्कालाई डेट गरिरहेका थिए ।

उनीहरूबिच सम्बन्ध रहेको सामाजिक सञ्जालका पोस्टबाट अड्कलबाजी शुरु भएको थियो । यी दुवैले आफ्नो सम्बन्धबारे कहिल्यै मुख खोलेनन् । 

अभिनेताको आवासमा यो मगनी हुनसक्ने बताइएको छ । पछिल्लो समय यो जोडी प्रायः सँगै देखिने गरेका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?