जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

सडक भासिएपछि बालेनको टिप्पणी- ‘टुकुचा खोलामाथि पुल बनाउनु पर्छ, घर र बाटो होइन’

काठमाडौँ – सडक भासिएपछि काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले टुकुचा खोलामाथि बनाइएको संरचना हटाउनु पर्ने बताएका छन् । 

खोलामाथि सडक बनाउँदा भासिएको भन्दै सामाजिक सञ्जालमा पोस्ट गरेका उनले सरकारले चाँडोभन्दा चाँडो लगत कट्टा गरेर उचित क्षतिपूर्ति वा मुआब्जा दिएर खोलाको अधिकार खोलालाई नै सुम्पिने वातावरण बनाउनुपर्ने समेत बताएका हुन्।

कमलादीस्थित भासिएको उक्त सडकको  भिडियो सेयर गर्दै उनले लेखेका छन् ‘यति त सबैलाई थाहा हुनै पर्छ कि, मान्छेले आवश्यकता अनुसार खोलामाथि कतै कतै पुल बनाउन पर्छ, खोलामाथि घर र बाटो होइन’ 

गए राती उक्त सडक भासिएपछि रातिदेखि सवारी आवागमन ठप्प भएको थियो। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?