जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

बेलायतले भिसा नदिएपछि सञ्जय दत्तको यस्तो प्रतिक्रिया

काठमाडौँ – बलिउड अभिनेता सञ्जय दत्तले बेलायतको भिसा नपाएकोमा आफ्नो धारणा राखेका छन् । 

बम्बे टाइम्ससँग कुरा गर्दै उनले यो निर्णयबाट आफू दुखी भएको बताएका हुन् । बेलायत सरकारले सही काम नगरेको जिकिर गरेका उनले पहिले भिसा दिएको बेलायतले किन अहिले दिएन भन्ने प्रश्न समेत गरेका छन् । 

साथै उनले यसअघि आफूले भिसा पाएको तर पछि रद्द भएको खुलासा समेत गरेका छन् ।

उनले बेलायतको भिसा नपाएकै कारण फिल्म ‘सन अफ सरदार २’ बाट हटाइएको खबर आएको थियो । फिल्मको अधिकांश छायाङ्कन हुने बेलायतको लागि भिसा नभएको कारण उनलाई चलचित्रबाट हटाइएको बताइएको थियो । 

तर, भारतीय सञ्चार माध्यम दैनिक भास्करले भने स्रोतको हवाला दिँदै सञ्जयलाई फिल्मबाट नहटाइएको, बरु उनी भारतमै बसेर आफ्नो भागको सुटिङ गरिरहेको समाचार प्रकाशन गरेको छ। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?