सुन–चाँदीको मूल्यमा समान्य गिरावट, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ – आज (सोमबार) नेपाली बजारमा  सुन–चाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । आइतबार प्रतितोला सात सय रुपैयाँ बढेको सुनको भाउ यसदिन प्रतितोला एक सय रुपैयाँ घटेको हो।

योसँगै आज छापावाल सुन प्रतितोला एक लाख ४८ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

आइतबार छापावाल सुन प्रतितोला एक लाख ४८ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो।  

त्यसैगरी, सोमबार चाँदीको मूल्य पनि अघिल्लो दिनको तुलनामा सामान्य घटेको छ। यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार सात सय १५ रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।

आइतबार चाँदी प्रतितोला एक हजार सात सय २० रुपैयाँमा कारोबार भएको थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ५ रुपैयाँ घटेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?