जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

बंगलादेशका महान्याधिवक्ता कार्यालयका ७० कानुन अधिकतले दिए राजिनामा

ढाका– बंगलादेशका महान्यायाधिवक्ताको कार्यालयका ७० जना कानुनी अधिकृतले राजीनामा दिएका छन् ।

कार्यालयले सोमबार बिहान सो जानकारी दिएको हो ।

त्यहाँ नियुक्त भएका २१५ नायव र सहायक महान्यायाधिवक्तामध्ये ७० जनाले राजीनामा दिएको ढाका ट्रिब्युनले जानकारी दिएको छ ।

बुधबार अतिरिक्त महान्यायाधिवक्ता शेख मोहम्मद मोर्शेद र पछि महान्यायाधिवक्ता एएम अमिन उद्दिनले राजीनामा दिएका थिए । 

बिहीबार थप दुई अतिरिक्त महान्यायाधिवक्ता एसएम मुनीर र ब्यारिस्टर मोहम्मद मेहेदी हसन चौधरीले राजीनामा दिएको जनाइएको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?