जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

मेन्डेजको गोलमा  रियल सोसिडाडले सेल्टा भिगोलाई हरायो

काठमाडौँ – स्पेनिस ला लिगा फुटबल अन्तर्गतको खेलमा रियल सोसिडाडले सेल्टा भिगोलाई  पराजित गरेको छ। 

गएराति भएको खेलमा भिगोलाई १–० ले हराउँदै रियलले जित निकालेको हो।

रियललाई जीत दिलाउन ब्राइस मेन्डेजले गोल गरेका थिए। उनले एक गोलगरेपछि पछि खेलमा कुनै पनि खेलाडीले गोल गर्न सकेनन्।

खेलको ११औँ मिनेटमा मेन्डेजले गरेको गोल नै रियलको जितका लागि निर्णायक बन्यो।

यो जितसँगै रियल सोसिडाड २१ खेलबाट ३५ अंक जोडेर तालिकाको छैटौँ स्थानमा छ। पराजित भएको सेल्टा भिगो १७ अंकसहित १६औँ स्थानमा छ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?