जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

एप्पलले किन तिर्दै छ आईफोन ७ र ७ प्लसका प्रयोगकर्तालाई ३५ मिलियन ?

काठमाडौँ— एप्पलले उत्पादन गरेको आईफोनमा रहेका त्रुटिपूर्ण चिपका कारण अडियो समस्याबाट समस्यामा परेकाहरू प्रयोगकर्ताहरूलाई लाई ३५ मिलियन तिर्ने भएको छ ।

सन् २०१९ मा, एप्पल लूप डिजीज अडियो इस्यूमा धेरै अमेरिकी राज्यहरूमा मुद्दा चलाइएको थियो । एप्पलले उत्पादन गरेको आईफोन ७ र आईफोन ७ प्लसमा यो समस्या देखिएको थियो ।

कम्पनीले अमेरिकी क्लास एक्शन मुद्दा समाधान गर्न सम्झौता गरेको हो । म्याकर्यूमर्सको रिपोर्टका अनुसार कम्पनीले इमेल मार्फत योग्य ग्राहकहरूलाई जानकारी समेत दिन थालिसकेको छ । 

प्रस्तावित सम्झौता जुलाई १८ मा क्यालिफोर्निया अदालतले अनुमोदन गर्न आवश्यक रहेको बताइएको छ । मुद्दामा एप्पलले वारेन्टी उल्लङ्घन गरेको र उपभोक्ता संरक्षण कानुनको उल्लङ्घन गरेको दाबी गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?