जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

हसिनाले पहिलो पटक मुख खोलिन्, ‘मेरो पिताको अपमान गरियाे’

नयाँदिल्ली– भारतमा निर्वाचनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले देश छाडे पछि पहिलो पटक मुख खोलेकी छिन् ।

उनले भनिन, ‘बंगबन्धु शेख मुजिबुर रहमान, जसको नेतृत्वमा देशले स्वतन्त्रता हासिल गरेको थियो, उनको अपमान गरिएको छ।’

‘उनीहरू (प्रदर्शनकारीहरूले) मेरो बुबाको अपमान गरेका छन्, म देशवासीसँग न्याय माग्छु ।’ शेख हसिना बंगलादेश छोडेर अगस्ट ५ मा भारत पुगेकी थिइन । त्यसपछि उनी यहीँ छिन् ।

शेख हसिनाको यो बयान उनका छोरा सजीब वाजिद जोयलाई उद्धृत गर्दै आएको हो । उनले सामाजिक सञ्जालमा पोस्ट गरेका छन् ।

शेख हसिनाले बंगलादेशी नागरिकहरूलाई अगस्ट १५ मा आफ्ना पिता शेख मुजिब उर रहमानको पुण्यतिथि मनाउन आग्रह गरेकी छन्। मुजिब उर रहमानको १५ अगस्ट १९७५ मा गोली हानी हत्या गरिएको थियो।

यसैबिच बंगलादेशको अन्तरिम सरकारले १५ अगस्टको सार्वजनिक बिदा रद्द गरेको छ ।

हसिनाले आन्दोलनमा मारिएकाहरुलाई श्रद्धाञ्जली अर्पण गरेकी छन् । हसिनाले विज्ञप्तिमा भनिन्, ‘जुलाईदेखि अहिलेसम्म आन्दोलनको नाममा भएको तोडफोड, आगजनी र हिंसामा धेरैले ज्यान गुमाएका छन्। म उहाँहरूको आत्माको चिरशान्तिको कामना गर्दछु र उहाँहरूप्रति समवेदना प्रकट गर्दछु। उनिहरु सँग म छु, म जस्तै जो आफ्नो प्रियजन गुमाउनुको पीडासँग जिउँदै छन्।’

आन्दोलनमा धेरै विद्यार्थी, शिक्षक, प्रहरी, पत्रकार, अवामी लिगका नेता र सामाजिक कार्यकर्ता मारिए । हसिनाले भनिन्, ‘म यी हत्या र बर्बरतामा संलग्नहरूलाई कडा सजाय दिन माग गर्दछु।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?