जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

औषधीय गुणले भरिपूर्ण लसुनका फाइदा यस्ता छन्

काठमाडौं – लसुनको स्वादबारे त धेरै बखान गर्नुपर्दैन । हरेकको भान्सामा सजिलै पाइन्छ लसुन । जब यसलाई दाल, तरकारीमा मिसाइन्छ स्वाद बदलिन्छ । यो नेपाली भान्सामा लसुनको प्रयोग स्वादकै लागि गरिन्छ ।

यद्यपि यो औषधीय गुणले पनि भरिपूर्ण मानिन्छ । त्यसैले त प्राचीनकालदेखि औषधिकै रुपमा लसुनको प्रयोग हुँदै आएको पाइन्छ । लसुनलाई संस्कृतमा ‘रसोन’ भनिन्छ । किनभने धर्तीमा हुने ६ रस ९पिरो, तीतो, नुनिलो, टर्रो, अमिलो, गुलियो० मध्ये लसुनमा पाँच रस हुन्छ । लसुनमा ‘अमिलो’ रस मात्र हुँदैन ।

लसुन एक महत्वपूर्ण घरेलु औषधि हो। प्राचीन समयदेखि नै विभिन्न भोजन तरकारीमा गरम मसलाको रुपमा लसुनको प्रयोग हुने गरेको छ। यसको खेति हाम्रो देशमा पनि हरेक ठाउँमा हुने गरेको छ।

आयुर्वेदिक मतअनुसार लसुनले वात कफ नास गर्छ र दुखाई शान्त पार्छ। यसले पाचन शक्ति बढाउँछ, कृमि नाश गर्छ, हृदय र कलेजोलाई उत्तेजक पार्छ। महिलाको महिनावारी ठीक राख्न र पुरुषको वीर्य पुष्ठ पार्न पनि लसुनले मद्दत गर्छ। पिसाबको समस्या, रक्तदोष, सुन्निने समस्या आदिमा पनि लसुन लाभदायक हुन्छ। गर्भावस्थामा भने यसको प्रयोग अहितकर हुन्छ।

लसुनको पात, गाँठो केस्रा र जरा सबैको प्रयोग गर्न सकिन्छ। लसुनका यी विविध भागलाई नियमित रुपले काँचै वा पकाएर खाने गर्दा मुटु र रक्तनलीका बिभिन्न रोग लाग्ने संभावना न्यून हुन्छ। क्यान्सरको समस्यामा लसुन पनि लाभदायक देखिएको चिनियाँ चिकित्सकको अनुसन्धानले पुष्टि गरेको छ।

उच्च रक्तचाप

उच्च रक्तचापको लागि दिनहुँ ५ देखि १० केस्रा काँचो लसुन प्रयोग गर्दा लाभदायक हुन्छ। यसरी लसुन खाँदा एकै पटक नखाएर पटकपटकको खानासँगै खानु राम्रो हुन्छ।

ग्यास्ट्रिक

पेट फुल्ने, अमिलो पानी आइरहने र पेट दुख्ने भएमा बिहान उठेर २ गिलास पानी पिउने र त्यसपछि २,३ केस्रा लसुन दूधसँग खाएमा फाइदा हुन्छ।
चिलाउने समस्या

सामान्य प्रकारको छालाको चिलाउने रोग जस्तैः– दाद, एक्जिमा आदिमा लसुनको रस लगाउनु लाभकारी हुन्छ। लसुनको रस र कागती समभाग राखी कपासको माध्यमले दिनको ३÷४ पटक चिलाउने घाउ पुछ्ने गर्दा चिलाउने कम हुन्छ।

बच्चाको रुघाखोकी

लसुनलाई तेलमा फुराएर डढाउने र साथमा मेथीको गेडा पनि फुराउने र डढाउने। उक्त तेललाई मनतातो भए पछि रुघा लागेको बच्चाको नाकको प्वालबाहिर दल्ने, तेल छाती, घाँटी, ढाडमा सेकाउँदै मालिश गर्ने। निधार र नाक वरिपरि या तेल लगाउने गर्दा ससाना शिशु तथा बच्चाको रुघाखोकी ठीक हुन्छ। यो प्रयोगले ठूला व्यक्तिलाई पनि फइदा गर्छ।

जोर्नी दुखाई र सुन्निनेमा

एक पाउ लसुन थिचेर एक चौथाइ जति तेल र चार चौथाई जति पानी एकै भाँडामा राखी घोल्ने र त्यसलाई मन्द आगोमा पकाउने। पानी सुकेर तेल र लसुनको छोक्रा मात्र बाँकी भए पछि तेललाई छानेर शिशीमा राख्ने। यो तेल दिनको ३र४ पटक जोर्नी दुखेको र सुन्निएको ठाउँमा लगाउने, मालिश गर्ने गर्दा आराम महसुस गर्दछ।

अपच
खानासँगै ३र४ केस्रा लसुन बिहान बेलुका खाने गर्दा अपच समस्या हटेर जान्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?