जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

कतारबाट आएका झापाका युवक आधा किलो सुनसहित काठमाडौंमा समातिए

काठमाडौं – त्रिभुवन विमानस्थलबाट ४९९ ग्रामसहित एक जना पक्राउ परेका छन्। कतार एयरको जहाजबाट दोहा हुँदै काठमाडौं आएका झापाका २३ वर्षीय खगेन्द्र भण्डारीलाई आइतबार बिहान भन्सार कार्यालयले पक्राउ गरेको हो।

त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक टोकराज पाण्डेका अनुसार दर्जीलाई आज बिहान १० बजे पक्राउ गरिएको हो। त्रिभुवन भन्सार र सशस्त्र प्रहरीको संयुक्त टोलीले उनलाई पक्राउ गरेको पाण्डेले बताए।

उनलाई आवश्यक कारबाहीको लागि भन्सार कार्यालयमा लगिएकोमा भन्सारले प्रहरी वृत्त गौशालाको हिरासतमा पठाएको छ।उनले कसको लागि सुन ल्याएका थिए भन्नेबारे अनुसन्धान भइरहेको पाण्डेले बताए।

त्रिभुवन विमानस्थलमा पछिल्लो समय सशस्त्र प्रहरीलाई समेत परिचालन गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?