जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

तिम्रो र मेरो गीतको म्युजिक भिडियो सार्वजनिक

काठमाडौं – जमाना परिवर्तन भए पनि संगीत सुन्नेहरु बिच पुराना गीत र भिडियोहरुको मोह उस्तै छ।  पुराना म्युजिक भिडियोको झझल्को दिने  गरि  नयाँपन दिएर कसरी पस्कन सकिन्छ भनेर एउटा प्रयास स्वरूप हालै मात्र ‘तिम्रो र मेरो’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ।  

यस गीतमा  गायक सविन सुवेदी र गायिका स्मिता दाहालको मिठासपूर्ण गायकी सुन्न सकिन्छ। गीतलाई  अमेरिकाको  ओहायो राज्यमा बसोबास गर्दै आएका  गीतकार गोपाल लोहारले लेखेका हुन् भने  वरिष्ठ संगीतकार रञ्जित गजमेरले संगीतवद्द गरेका हुन्।

सन् ८०  को दशकको झझल्को दिने गरि तयार पारिएको  म्युजिक भिडियोमा प्रभात पाल ठकुरी र सलिना खत्री फिचर्ड छन्। श्याम  तामाङले छायाँकन गरेको यस भिडियोलाई राकेश दाहालले सम्पादन गरेका हुन्।

हेमन लामिछानेको कोरियोग्राफी रहेको यस गीतको भिडियोलाई  श्याम लामा र जेबिआर सनमको सयुक्त निर्देशनमा तयार पारिएको हो। भीमा लोहार निर्मात्री यस गीतको भिडियोलाई  ‘गोलो प्रडक्शन’को आधिकारिक च्यानल मार्फत भिडियो सार्वजनिक गरिएको  हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?