जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

अग्रिम बुकिङको पहिलो दिनमै ‘फाइटर’ ले कमायो २ करोड भारु

काठमाडौं – ऋतिक रोशन स्टारर बलिउड फिल्म ‘फाइटर’ २५ जनवरीबाट प्रदर्शन हुँदैछ। रिलिज मिति नजिकिएसँगै यस फिल्मको अग्रिम बुकिङ खुला भइसकेको छ।

अग्रिम बुकिङमा पहिलो दिन यस फिल्मले राम्रो संकेत देखाएको छ। पहिलो दिन २ करोड भारतीय रुपैयाँ बराबरको ६० हजार टिकट बिक्री भइसकेको छन्।

भारतीय मिडियाका अनुसार अग्रिम बुकिङको पहिलो दिन फाइटरका ६ हजार ४२६ शोको ५९ हजार ३३६ टिकट बिक्री भइसकेको छ। जसबाफत फिल्मले झण्डै २ करोड भारु कमाएको हो।

जसमध्ये ६३.८ लाखको टुडी संस्करणको २४ हजार १८६ टिकट र थ्रीडी संस्करणतर्फ १०५ करोडको ३० हजार ९०३ टिकट बिक्री भएको छ। निर्माताहरूले यस फिल्मलाई आइम्याक्स ३ डी र फो डिएक्स पनि रिलिज गरिनेछ।

यस फिल्ममा ऋतिक रोशनसँगै दीपिका पादुकोण र अनिल कपुर मुख्य भूमिकामा छन्। भायाकम १८ स्टुडियो निर्माण रहेको यस फिल्मलाई भारतको पहिलो एरिकल एक्सन फिल्म समेत भनिएको छ। फिल्मको कथा सिद्धार्थ आनन्द र भारतीय सेनाका पूर्वअधिकृत तथा लेखक रामन छिबले लेखका हुन्।

सिद्धार्थ निर्देशित यो फिल्म भारतको गणतन्त्र दिवसको अवसरमा रिलिज हुनेछ। यसअघि सिद्धार्थले ‘पठान’ र ‘वार’ जस्ता सफल फिल्म निर्देशन गरिसकेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?