जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

अयोध्यामा राम मन्दिरको प्राण प्रतिष्ठामा बराहक्षेत्रका सिद्धबाबासहित नेपालबाट को को पुगे ?

काठमाडौं – भारतको अयोध्यामा जनवरी २२ अर्थात् सोमबार भोली राम मन्दिरको प्राण प्रतिष्ठा गरिँदैछ । अयोध्यामा हुन गइरहेको राम मन्दिरको प्राण प्रतिष्ठा समारोहमा नेपालीहरुको सहभागिता पनि उल्लेखनीय रहेको पाइएको छ ।

अयोध्यामा हुने प्राण प्रतिष्ठा समारोहमा नेपालबाट बराहक्षेत्रस्थित चतराधामका तत्कालीन महन्थ सिद्धबाबा भनिने कृष्ण गिरी, जानकी मन्दिरका महन्थ राम तपेश्वर दास, जानकी मन्दिरका उत्तराधिकारी महन्थ राम रोशन दास, विराटनगरको पाञ्चालीस्थित लक्ष्मीनारायण मन्दिरका पीठाधीश स्वामी अच्युत प्रपन्नाचार्यले, झापाको सतासीधामका आचार्य नन्दकिशोर भारद्वाज, देवघाटका तीन मुख्य महन्थ आएका छन् ।

त्यसैगरी पशुपति क्षेत्र विकास कोषका मूल भट्ट, पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव, पूर्व प्रधानन्यायाधीश गोपाल पराजुली, पूर्व आईजीपी अच्युत कृष्ण खरेल, विश्व हिन्दू महासंघकी उपाध्यक्ष ज्योत्सना साउदका साथै केही सञ्चारकर्मीहरू पनि अयोध्या आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?