भारतले हटायो अमेरिकी क्रिप्टो एक्सचेन्ज बाइनान्समाथिको प्रतिबन्ध

काठमाडौँ – भारतले अन्तर्राष्ट्रिय क्रिप्टो एक्सचेन्ज माथिको प्रतिबन्ध हटाइएको छ। 

त्यसअघि बाइनान्स फाइनान्सियल इन्टेलिजेन्स युनिट (एफआईयू) मा दर्ता भएको छ भने २२.५ लाख डलर जरिवाना समेत तिरेको छ।

एक्सचेन्जमाथि प्रिभेन्सन अफ मनी लान्ड्रिङ एक्ट (पीएमएलए) को उल्लङ्घनक आरोपमा गत जुनमा यो जरिवाना लगाइएको थियो।

योसंगै बाइनान्स प्रयोगकर्ताहरूको लागि एक्सचेन्जको वेबसाइटमा पहुँच सुरु भएको भारतीय मिडियाहरुले रिपोर्ट गरेका छन्। 

यो बाइनान्सको लागि १९ औं अन्तर्राष्ट्रिय लाइसेन्स हो। योसँग स्विडेन, दुबई, काजकिस्तान र फ्रान्समा व्यापारको लागि इजाजत पत्र छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?