जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

‘कान्तारा’का हिरो ऋषभ शेट्टी, जो पानीको बोतल बेचेर गुजारा चलाउँथे

काठमाडौँ – ऋषभ शेट्टी, दुई वर्ष अघिसम्म यो नाम साउथ फिल्म इन्डस्ट्रीमा मात्रै चिनिन्थ्यो तर अहिले सिंगो भारतलाई थाहा छ ।

कारण हो ‘कान्तारा’ जसका लागि ऋषभले उत्कृष्ट अभिनेताको अवार्ड पाएका छन् । मात्र १६ करोड रुपैयाँमा बनेको कान्ताराले विश्वभर करिब ४१५ करोड रुपैयाँ कमाएको थियो ।

 ऋषभ ‘कान्तारा’का लेखक, निर्देशक र अभिनेता हुन् । कान्ताराले ६ वटा मात्रै चलचित्र निर्देशन गरेका ऋषभलाई पहिलो दर्जाका निर्देशकमा ल्याएका थियाे ।

 ऋषभका लागि यो सबै सजिलो थिएन। उनले सफलता हासिल गर्न करिब २० वर्ष संघर्ष गर्नु परेको थियो । कहिले पानीको बोतल र क्यान बेचेर जीविकोपार्जन गर्थे त कहिले होटलमा अनौठो काम गर्थे । 

उनी फिल्ममा स्पटब्वाईको रूपमा प्रवेश गरेका थिए । लामो संघर्षपछि २०२२ मा उनले वास्तविक सफलता पाए र आज उनी ठूलो उचाइमा छन्।

६ वर्षको उमेरमा अभिनेता बन्ने सपना थियो

७ जुलाई १९८३ मा भास्कर शेट्टी र लक्ष्मी शेट्टीको कांदापुरा, उडुपी, कर्नाटकमा एक छोराको जन्म भयो, जसको नाम प्रशान्त थियो। यस प्रशान्तलाई पछि ऋषभ शेट्टीको रूपमा पहिचान गरियो। ऋषभको स्कुलिङ कण्डपुरा जस्तो सानो गाउँमा भएको थियो।

६ वर्षको उमेरदेखि नै उनलाई नृत्य र अभिनयमा रुचि बढ्यो । त्यसपछि उनले बिकम पढ्न बेंगलुरुको विजया कलेजमा भर्ना भए ।

यहाँ पनि ऋषभलाई रंगमञ्चमा बढी रुचि थियो । उनले यक्षगान  (परम्परागत थिएटर रूप) मा प्रदर्शन गरिरहन्थे, जहाँ उनकाे यो प्रतिभाको लागि धेरै प्रशंसा गरियो। यही प्रशंसाबाट प्रेरित भएर ऋषभले अभिनयमा करियर बनाउने सोच बनाए ।

पानीको बोतल बेचेर गुजारा चलाउँथे

आफ्नो गैर-फिल्मी पृष्ठभूमिका कारण ऋषभलाई फिल्मी दुनियाँको बारेमा कुनै जानकारी थिएन, त्यसैले धेरै अनुसन्धान पछि उनले पढाइसँगै फिल्म निर्देशनमा डिप्लोमा गर्ने सोचेका थिए।

ऋषभले सरकारी फिल्म एण्ड टिभी इन्स्टिच्युट, बैंगलोरमा भर्ना भए । मध्यम वर्गीय परिवारका ऋषभले आफ्नो पढाइ र जीविकोपार्जनका लागि आफ्ना आमाबुवालाई कष्ट दिन चाहँदैनन्, त्यसैले उनले धेरै अनौठा कामहरू गरे। उनले पानीको बोतल र क्यान बेच्ने काम गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?