जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

दार्चुलामा ड्युटीमा खटिएका प्रहरी हवल्दारमाथि चक्कु प्रहार

जोयनेपाल
0
Shares
सांकेतिक तस्विर

दार्चुला – दार्चुलामा एक युवकले प्रहरीमाथि चक्कु प्रहार गरेका छन्। महाकाली नगरपालिका–१ दहका २५ वर्षीय उमेश कुँवरले आइतबार १२ बजेतिर ड्युटीमा खटिएका प्रहरी हवल्दार जयबहादुर खड्का र प्रहरी जवान डम्मरबहादुर ठगुन्नामाथि चक्कु प्रहार गरेका हुन्।

चक्कु प्रहारबाट प्रहरी जवान ठगुन्नाको आँखाको तल्लो भागमा गहिरो चोट लागेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायव उपरीक्षक शिवबहादुर सिंहले बताएका छन्।

उमेशले श्रीमती धनिशालाई कुटपिट गर्ने गरेको भन्दै धनिशाकी दिदीले प्रहरीमा निवेदन दिएकी थिइन्। जिल्ला प्रहरी कार्यालयमा निवेदन आएपछि उमेशलाई नियन्त्रणमा लिन सामुदायिक प्रहरी बाङ्गाबगरबाट गएको प्रहरी टोलिमाथि चक्कु प्रहार भएको प्रहरीले जनाएको छ।

चक्कु प्रहार गरेर कुँवर फरार भएका छन्। उनको खोजी गर्न प्रहरी टोली परिचालन गरिएको छ। उमेश र धनिशाले भदौमा भागेर बिहे गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?