जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

प्रेस काउन्सिलले पत्रकारलाई ल्यापटप र क्यामरा खरिदमा ४० प्रतिशत अनुदान दिने

काठमाडौं – प्रेस काउन्सिल नेपालले पत्रकारलाई ल्यापटप र क्यामरा खरिदमा अनुदान दिने भएको छ । आइतबार एक सूचना प्रकाशित गर्दै काउन्सिलले मिडिया विकास कोषको स्वीकृत नीति एवं बजेट तथा कार्यक्रमअनुसार आर्थिक वर्ष २०८०/०८१ का लागि अनुदान कार्यक्रम तय गरेको हो ।

यसअनुसार ३० ओटा ल्यापटप र ६ ओटा क्यामेरा खरिदमा ३० देखि ४० प्रतिशतसम्म अनुदान दिइने काउन्सिलले जनाएको छ । त्यस्तै काउन्सिलले १० जनालाई लेखनवृत्ति, सात जनालाई शोधपत्र लेखन तथा एक सञ्चारकेन्द्र स्थापनामा पनि अनुदान दिने भएको छ । काउन्सिलका अनुसार एक पत्रकार वा सञ्चारगृहबाट एकमात्र सुविधाका लागि आवेदन दिन सकिनेछ ।

दुर्गम, स्थानीय सञ्चारमाध्यम र यसअघि उपलब्ध नभएका जिल्लालाई पहिलो प्राथमिकता दिइने भन्दै काउन्सिलले ३५ दिनभित्र आवेदन दिन अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?