जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

गुन्डोगनले छोडे अन्तर्राष्ट्रिय फुटबल

काठमाडौँ– जर्मनीका मिडफिल्डर इल्के गुन्डोगनले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन् ।

३३ वर्षियले हालै सम्पन्न युरो २०२४ मा जर्मनीको कप्तानी गरेका थिए । जर्मनीका लागि ८२ खेल खेलेका गुन्डोगन हाल बार्सिलोनाबाट व्यावसायिक फुटबल खेलिरहेका छन् । उनले जर्मनीका लागि १९ गोल गरेका छन् ।

अहिले उनले बार्सिलोना छोडेर म्यानचेस्टर सिटीमै फर्किने चर्चा चलिरहेका बेला उनले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन् ।

उनले क्लब र देशका धेरै खेलहरुका कारण आफुले मानसिक र शारीरिक रुपमा पनि अन्तर्राष्ट्रिय खेलबाट सन्यास लिने निष्कर्षमा पुगेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?