जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

पोखरामा सम्पन्न भयो ‘नेपाल फेशनिस्टा २०२४’

पोखरा– एस्याप इन्टरटेन्मेन्टको आयोजनामा ‘नेपाल फेशनिस्टा २०२४’ सम्पन्न भएको छ । अगस्ट १७ मा पोखराको टीका रिसोर्ट, लेकसाइडमा उक्त कार्यक्रमको आयोजना गरिएको थियो ।

नेपाली फेशन क्षेत्रमा ‘नेपाल फेशनिस्टा’ले आफ्नो अलग पहिचान बनाउन सफल भइसकेको छ । उक्त कार्यक्रमले नेपाली फेशनलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन महत्त्वपूर्ण योगदान दिएको छ।

कार्यक्रममा नेपालका फेशन आईकन प्रशान्त ताम्राकार ,कलाकार एवम् नाट्य गुरु अनुप बराल, एस्याप इन्टरटेन्मेन्टका अध्यक्ष एवम् नायक सन्तोष अधिकारी, निर्देशक घनश्याम लामिछाने, ब्राण्ड कन्सल्टेन्ट पवन राज जोशी, चलचित्र निर्मात्री प्रतिमा थापा, चलचित्र चित्राका निर्माता आशिष थापा मगर लगायतको उपस्थिति रहेको थियो भने कार्यक्रमलाई चर्चित कार्यक्रम प्रस्तोता जी पी तिमल्सिनाले सञ्चालन गरेका थिए ।

नेपाल फेशनिस्टाको यो दोस्रो संस्करण रहेको छ । कार्यक्रममा २० जना महिला र पुरुष मोडलले विभिन्न पहिरनमा र्‍याम्प वाक गरेका थिए ।

पहिलो सिजन २०१९ मा अस्ट्रेलियाको सिड्नीस्थित मराना अडिटोरियममा सफलतापूर्वक सम्पन्न भएको थियो । यो कार्यक्रमले नेपाली फेसन डिजाइनर, मोडल र फेशन प्रेमीहरूलाई विश्व मञ्चमा प्रस्तुत गर्ने लक्ष्य राखेको छ।

आयोजक एस्याप इन्टरटेन्मेन्ट नेपाली फेशनलाई विश्व बजारमा प्रस्तुत गर्ने कार्य सँगसँगै नेपाली चलचित्र निर्माणमा पनि सक्रिय रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?