जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

हलिउड अभिनेत्री लोपेज र एफ्लेकको डिभोर्स हुँदै

काठमाडौँ – हलिउड अभिनेत्री जेनिफर लोपेज र पति बेन एफ्लेक आधिकारिक रूपमा अलग हुने भएका छन् ।

लोपेजले लस एन्जलसस्थित अदालतमा डिभोर्सका लागि निवेदन दिएको मिडिया रिपोर्टमा बताइएको छ ।

लोपेजले मङ्गलबार लस एन्जलसमा आफ्नो दुई वर्षको वैवाहिक सम्बन्ध विच्छेदको लागि निवेदन दिएको सिएनएनले उल्लेख गरेको छ । २०२२ मा विवाह गरेका लोपेज र बेन पछिल्लो समय अलग अलग बस्ने गरेको बताइएको थियो । 

यस अघि उनीहरू २००१ देखि २००४ को जनवरीसम्म सम्बन्धमा थिए र विवाहको मिति समेत घोषणा भएपछि विवाह स्थगित गरेका थिए । तर त्यसको २० वर्षपछि दुवै फेरी एक साथ आएर २०२१ देखि सम्बन्धमा रहेका थिए ।

अहिले दुवैबीचको डिभोर्सको खबरपछि लोपेजले आफ्नो समर टुर रद्द गरेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?