जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

उपचारका क्रममा मृत्यु भएको घटना छानबिनका लागि समिति गठन

चितवन – भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएकी भरतपुर महानगरपालिका–१२ घर भई हाल गैँडाकोट बस्ने सम्झना काफ्लेको घटना छानबिन गर्न नौ सदस्यीय समिति गठन गरिएको छ ।

जिल्ला प्रशासन कार्यालयमा आज बसेको बैठकले भरतपुर अस्पतालका वरिष्ठ फिजिसियन डा प्रकाश खतिवडाको संयोजकत्वमा नौ सदस्यीय समिति गठन गरिएको हो ।

समितिमा बिपी कोईराला मेमोरियल क्यान्सर अस्पतालका ऐनेस्थेसियोलोजिष्ट डा प्रदीप थापा, प्रहरी निरीक्षक विवेक घिमिरे, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान अधिकृत अजय शर्मा, जिल्ला प्रशासन कार्यालयका अधिकृत अन्तिम सिञ्जाली तथा पीडितको तर्फबाट रमेश काफ्ले, राजेन्द्र ढकाल, मन्दिरा काफ्ले सदस्य रहेका छन्, भने तुलसीराम आचार्य सदस्य सचिव रहेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए । समितिलाई एक साताभित्र अध्ययन प्रतिवेदन बुझाउने गरी कार्यादेश दिइएको उनले बताए ।

अस्पताल प्रशासनले पनि आन्तरिक रूपमा छानबिन समिति गठन गरेको छ । छानबिन समितिको प्रतिवेदनपछि आवश्यक कारबाही अगाडि बढाउने र मृतकको शव आफन्तले अन्तिम संस्कारका लागि लैजाने निर्णयसमेत भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । मृतकका परिवारले चिकित्सकको लापर्वाहीले घटना भएको भन्दै शव बुझ्न मानेका थिएनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?