टिकटकमाथिको प्रतिबन्ध हटाउने सरकारको निर्णय

काठमाडौँ– सरकारले टिकटकमाथि लगाएको प्रतिबन्ध हटाएको छ । बिहीवार बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको हो ।

सरकारले यसअघि नै टिकटकमाथिको प्रतिबन्ध फकुवा गर्ने तयारी थालेको थियो । यसअघि गत वर्ष कार्तिक २७ गते पुष्पकमल दाहालको सरकारले टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।

सरकारले टिकटकमार्फत सामाजिक विकृति फैलाएको भन्दै प्रतिबन्ध लगाएको थियो । टिकटक प्रतिबन्धको विरोधमा अदालतमा उजुरीसमेत परेको थियो ।

यसअघि टिकटक प्रयोगकर्ताले भीपीएन या अन्य माध्यमबाट टिकटक चलाउँदै आए पनि अब भने सहजै चलाउन पाउने भएका छन् । यसअघि सरकारले प्रतिबन्ध लगाए पनि कतिपय इन्टरनेट सेवा प्रदायकको इन्टरनेटकमा टिकटक चल्ने गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?