सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार ?

काठमाडौँ – आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ ।

शुक्रबार सुन तोलामा ५ सयले घटेर एक लाख ५१ हजार ४ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस अघि बिहीबार सुनको मूल्य १ लाख ५१ हजार ९ सय रहेको थियो । 

त्यस्तै आज चाँदीको मूल्य आज प्रतितोला १५ रुपैयाँले घटेर १८१५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?