जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

जहाँका पुरुषले दुई वटा विवाह नगरे जेल जानुपर्छ

कानून देश अनुसार फरक फरक हुृन्छ । हाम्रो देशमा बहुविवाह गरे जेल जानुपर्छ तर अफ्रिकी देश इरिट्रियामा दुई जना महिलासँग विवाह नगरे सजाय मिल्ने कानून छ ।

इरिट्रियामा हरेक पुरुषले कम्तीमा २ जना महिलासँग विवाह गर्नैपर्दछ । इरिट्रियामा महिलाको तुलनामा पुरुषको जनसंख्या निकै कम छ । सोही कारण सरकारले सबै पुरुषलाई दुईजना महिलासँग विवाह गर्नैपर्ने कानून बनाएको हो।

कुनै पनि महिला अविवाहित बस्नु नपरोस् भन्ने मनशायले सरको यस प्रकारको अनौठो कानूनको निर्माण गरेको हो।

कानूनको उल्लंघन गरी दुईवटा विवाह नगर्ने पुरुषलाई जेलको सजाय हुन्छ । पुरुषलाई मात्र सजाय हुने होइन, महिलालाई पनि यदि पहिलो श्रीमतीको रुपमा विवाह गरेर भित्रिएका कुनैपनि महिलाले आफ्नो श्रीमानलाई दोश्रो विवाह गर्नबाट रोक्ने प्रयास गरेमा त्यस्ता महिलालाई पनि सजाय हुने कुरा कानूनमा उल्लेख छ ।

श्रीमानलाई दोश्रो विवाह गर्नबाट रोक्ने महिलालाई जन्मकैदको सजाय हुनसक्ने प्रावधान कानूनमा रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्याममा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?