जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

सङ्घीय सरकारबाट दमक अस्पतालले पायो ३० लाखको स्वास्थ्य सामग्री

दमक ‘झापा’ – दमक नगरपालिकाद्वारा सञ्चालित दमक नगर अस्पतालका लागि सङ्घीय सरकारबाट लाखौँ मूल्य बराबरका स्वास्थ्य उपकरण प्राप्त भएका छन् । सङ्घीय सरकारको स्वास्थ्य मन्त्रालयबाट रु ३० लाख मूल्य बराबरका स्वास्थ्य उपकरण प्राप्त भएको अस्पतालले जनाएको छ ।

दमक अस्पतालको सेवा विस्तारमा सघाउ पुर्याउने लक्ष्यका साथ सङ्घीय सरकारसँग आवश्यक पहलपछि ती सहायता सामग्री आज प्राप्त भएको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा कृष्ण शाहले जानकारी दिए । उनले प्राप्त स्वास्थ्य सामग्रीबाट अस्पतालको दैनिक सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

उनका अनुसार यसरी प्राप्त स्वास्थ्य उपकरणमा १० वटा बेड, एउटा भिडियो एक्सरे मेसिन, एउटा डेलिभरी बेड, एक शव परीक्षण सेट, सक्सन मेसिन एक सेट, इसिजी थ्रि डिजिटको एक सेट, इनटी अपे्रसन एक सेट, सिटिजी कार्डियोग्राफी मेसिन एक सेटलगायत छन् । विसं २०७३ देखि सञ्चालनमा आएको यस सरकारी अस्पतालमा दैनिक पाँच सय हाराहारीमा बिरामीले स्वास्थ्योपचार सेवा पाउँदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?