जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

इलामको माइभ्याली सामुदायिक वनका तत्कालिन अध्यक्ष र कोषाध्यक्षविरुद्ध मुद्धा दायर

काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलामको माइभ्याली सामुदायिक वन उपभोक्ता समूहका तत्कालीन अध्यक्ष डोल बहादुर कार्कीविरुद्ध मुद्धा दायर गरेको छ ।

अख्तियारले कार्कीले २०७० सालदेखि ठेकेदार र अध्यक्षसमेत भई काबेली कोरिडोरको तार विस्तार गर्ने क्रममा कटान आदेशभन्दा बाहिर आफूखुसी कटान गरी घाटगद्दी लिलाम प्रकिया अगाडि बढाएको, लेखा परीक्षण नगरेको तथा बैंकिङ कारोबार नगरी आफू खुसी कारोवार गरी आर्थिक अनियमितता गरेको भन्दै मुद्धा दायर गरेको जनाएको छ ।

अख्तियारले कार्कीले ३० लाख ७८ हजार ६०० बराबरको बार्षिक कार्ययोजना स्वीकृत नगरी बदनियतपूर्वक खर्च गरेको तथा कटान आदेशभन्दा बढी ८ लाख ५५ हजार ५०४ बराबरको वन विनास गरेको भन्दै कुल ३९ लाख ३४ हजार १०४ बराबरको बिगो दाबिसहित मुद्धा दायर गरेको छ ।

त्यस्तै अख्तियारले बैकमा रहेको खातामा समितिका अध्यक्ष कार्की र कोषाध्यक्ष रीता सम्बहाम्फे लोक्तामको संयुक्त दस्तखतबाट खाता संचालन भएको र निजले चेकमा हस्ताक्षर गरेको खुल्न आएकोले कोषाध्यक्ष लोक्तामविरुद्ध पनि मुद्धा दायर गरेको उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?